२०८१ कार्तिक ३०, शुक्रवार , १०:५९:२२ बजे

Sajhamanch
'

नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षमा प्रवेश

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८८औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको थियो । आफ्नै देशको नेपाली मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका स्मरणीय छ ।

नेपाल बैंकले आफ्नो स्थापनाकालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व २०१२ सालसम्म देशको केन्द्रीय बैंकको रूपमा समेत काम गरी नेपालको बैंकिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यो बैंकबाट अहिले ७१ जिल्लामा शाखा विस्तार गरी कारोबार तथा बैकिङ्ग सेवा उपलब्ध छ ।

बैंकका २२९ शाखा, ६० एक्स्टेन्सन काउन्टरसहित २५ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेको नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले बताए। उनका अनुसार नेपाल बैंकका धेरैजसो कारोबार डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएका छन् ।

सम्बन्धित खबर