विराटनगर । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक २८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिकाका बिभिन्न एरिया इलाकाहरुका साढे १३ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ११ हजार गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।
यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न एरिया इलाकाहरुको करिव १० रोपनी पाखा बारीमा लगाएको ७ हजार ४ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।