२०८१ कार्तिक २९, बिहिवार , १२:३९:०८ बजे

Sajhamanch
'

पूर्व प्रधानमन्त्री खनाल र कोरियाली राजदूतबिच भेटवार्ता

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा खनाल र राजदूत पार्कबिच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरियाबिचको सम्बन्धमा अझै विकास हुने विश्वास व्यक्त गरे ।

राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैँ सकारात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए ।

भेटमा दुई देशबिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

सम्बन्धित खबर