२०८१ माघ ११, शुक्रवार , ०४:२४:४१ बजे

Sajhamanch
'

शिवसताक्षी चौथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश

बुधवार, कार्तिक २८, २०८१

अर्जुनधारा । कनकाई नगरपालिकालाई सडनडेथमा ९–८ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज बुधबार भएको पहिलो क्वाटरफाइनल खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकरमा धकेलिएको थियो ।

टाईब्रेकरमा शिवसताक्षीका बिशाल थिङ, मिराक लिङदेन, संजोक मगर र प्रलाद चापागाईले गोल गरे । टेकेन राना मगरको प्रहारे कनकाईका गोलरक्षक विवेक वाग्लेले बचाउ गरे । सडनडेथमा शिवसताक्षीका रुद्र क्षेत्री, निकेश श्रेष्ठ, अनिश थापा, सन्दिप लिम्बू र अविशेक गुरुङले गोल गरे ।

कनकाईको तर्फबाट टाईब्रेकरमा उमेश मुर्मु, रुचन लिम्बू, गोपाल दाहाल र शाहिल बस्नेतले गोल गरे । मिक्सन दर्जीको प्रहार शिवसताक्षीका गोलरक्षक सदिप लिम्बूले बचाउ गरे ।

सडनडेथमा कनकाईका निमेश गुरुङ, जेम्सहाङ लिम्बू, भिम मगर र मनिस लिम्बूले गोल गरे । राजु मगरको प्रहार गोल पोष्टभन्दा बाहिर गएपछि कनकाईले सडनडेथमा हार बेर्होन पुग्यो ।

आजको खेलमा शिवसताक्षीका गोलरक्षक सदिप लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए ।

गोल्डकपको भोली बिहीबार हुने दोस्रो क्वाटरफाइनल खेलमा इलामको माई नगरपालिका र झापाको मेचीनगर नगरपालिकाबीच खेल हुने आयोजकले बताएको छ ।

गोल्डकपमा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, इलामको माई नगरपालिका र आयोजक टिमसहित १० टोलीको सहभागिता रहेको छ ।

सम्बन्धित खबर