२०८१ पौष १७, बुधवार , ११:५७:२३ बजे

Sajhamanch
'

शेयर बजार लगातार दोस्रो दिन घट्यो, ७ अर्ब ९१ करोड रुपैयाँको कारोबार

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १२ अङ्कले घटेर २ हजार ७३४ दशमलव ८३ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत् र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन सप्तकोशी विकास बैंक, शृजनशील लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ३०८ वटा कम्पनीका १ करोड ५३ लाख कित्ता शेयर सात अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३३ करोडको शेयर किनबेच भयो ।

सम्बन्धित खबर