२०८१ पौष २६, शुक्रवार , ०९:४३:३० बजे

Sajhamanch
'

कर्नाटकसँगको पहिलो अभ्यास खेलमा यू-१९ टोलीको हार

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगको पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ । पाँच खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल १ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ११४ रनको लक्ष्य कर्नाटकले ३२औं ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो । एक समय २४-४ को अवस्थामा संघर्ष गरेको भएपनि त्यसपछि नेपालले पर्याप्त विकेट निकाल्न नसक्दा कर्नाटकले लक्ष्य पूरा गर्न सफल भयो ।

कर्नाटका यू-१९ का लागि रोहित आरभीले सर्वाधिक ३३ रन बनाए । प्रज्वल गोवदाले २८ र रिसव अपाचुले १९ रन बनाए । बलिङमा नेपालका हेमन्त धामी र सन्तोष यादवले ३-३ विकेट लिए । यस्तै युनिस ठकुरीले २ तथा विपिन महतोले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २७.२ ओभरमा ओभरमा ११३ रनमा अलआउट भयो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक २७ रन बनाए । यस्तै नरेन साउदले १३, युनिस ठकुरीले १२ र सन्तोष यादवले १० रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा कर्नाटका यू१९ का लागि आएसा एच पुचिगेले ८ ओभरमा २ मेडन राख्दै ३१ञ रन खर्चेर ५ विकेट लिए । तेजास केएले २ विकेट लिए ।

अब दोस्रो खेल नोभेम्बर १५ मा, तेस्रो खेल नोभेम्बर १७ मा, चौथो खेल नोभेम्बर १९ मा र पाँचौ तथा अन्तिम खेल नोभेम्बर २१ मा हुनेछ ।

आउँदै गरेको एसीसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले घरेलु मैदानमा एकदिवसीय अभ्यास सिरिज खेल्न लागेको हो । एसीसी यू–१९ एसिया कप यही नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म युएईमा हुँदै छ ।

त्यसका लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

सम्बन्धित खबर