२०८१ पौष ८, सोमवार , १०:५५:५७ बजे

Sajhamanch
'

ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित

बुधवार, कार्तिक २८, २०८१

न्यूयोर्कको एक अदालतले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित गरेको छ । बीबीसीका अनुसार कम्तिमा १९ नोभेम्बरसम्म उनीविरुद्धको मुद्दामा फैसला हुने छैन ।

न्यायाधीश जुआन मर्चनले ट्रम्पका वकिल एवम् म्यानहटनका अभियोजक दुवैको अनुरोधमा ट्रम्पविरुद्धको मुद्दामा तत्काल कुनै पनि सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।न्युयोर्क अदालतले रकम दुरुपयोग सम्बन्धी मुद्दामा ट्रम्पलाई सजायँ प्रक्रिया अघि बढाउने कि रद्द गर्ने भन्ने निर्णय गर्नुपर्ने छ ।

सन् २०१६ मा एक महिलासँगको शारीरिक सम्पर्कलाई गोप्य राख्ने उद्देश्यले ट्रम्पले ती महिलालाई रकम दिएको र त्यससम्बन्धी कागजात नष्ट गरेको आरोप छ । यो आरोपमा जुरीले ट्रम्पलाई दोषी देखाएको थियो । साथै जुरीले ट्रम्पलाई गत मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरेको थियो ।आफूमाथि लागेका आरोपको भने ट्रम्पले खण्डन गर्दै आएका छन् । चुनाव अगाडि उनीमाथिका मुद्दा खारेज गर्न माग गरेका थिए । तर अभियोजकहरुले भने अस्वीकार गरेका थिए ।एजेन्सी

सम्बन्धित खबर