२०८१ पौष २६, शुक्रवार , ०९:४२:४१ बजे

Sajhamanch
'

आयोजकलाई पराकिलो अन्तरमा भद्रपुरले जित्यो

मङ्गलवार, कार्तिक २७, २०८१

अर्जुनधारा । भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा आयोजकलाई ६–२ गोल अन्तरले पराजित गर्दै भद्रपुर विजयी बनेको हो ।

भद्रपुरका लागि प्रदिप बुढाथोकीले ह्याट्रीकसहित ४ गोल गरे । उनले पहिलो हाफको ३०औं मिनेटमा पहिलो गाले गरेका थिए । ३५औं मिनेटमा दोस्रो गोल गरेका बुढाथोकीले दोस्रो हाफको १४औं मिनेटमा टिमका लागि पाँचौ र व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रीक पूरा गरेका थिए ।

पहिलो हाफको ३८औं मिनेटमा भद्रपुरका लागि उदेस कामतीले तेस्रो गोल गरेका थिए । दोस्रो हाफको १२औं मिनेटमा विपक्षीको पोष्टमा गोल प्रहार गर्दै जाली चुमाएका रोहित सुब्बाले भद्रपुरका लागि चौंथो गोल गरे । विजेता टिमका लागि प्रदीप बुढाथोकीले दोस्रो हाफको २०औं मिनेटमा छैैंटौ गोल गरेका थिए ।

खेल सुरु भएको ४ मिनेटमा पहिलो गोल गर्दै भद्रपुर विरुद्ध लिएको अग्रता जोगाउन नसक्दा आयोजकले फराकिलो हार बेर्होन पुग्यो । आयोजकका लागि पहिलो हाफको चौथो मिनेटमा कप्तान राजेस दाहालले हेड मार्फत गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफको १०औं मिनेटमा बिशाल माझीले टिमका लागि दोस्रो गोल गरे । भद्रपुरको लगातारको प्रहार खेपेर कम्जोर बनेको आयोजकले थप गोलस्कोर बढाउन सकेन ।

भद्रपुरका लागि ४ गोल गरेका प्रदीप बुढाथोकी आजको खेलको ‘म्यान आफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाँए ।

उनलाई भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, प्याब्सन अर्जुनधाराका उपाध्यक्ष बालगोपाल गौतम र प्रतियोगिताका संयोजक सिताराम भट्टराई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

गोल्डकपमा भोलि बुधबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटर फइनलमा कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाबीच खेल हुने आयोजक समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

सम्बन्धित खबर