२०८१ पौष ७, आइतवार , १०:२९:५७ बजे

Sajhamanch
'

बिर्तामोडमा ‘अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार’ सचेतना

मङ्गलवार, कार्तिक २७, २०८१

बिर्तामोड । इन्टरनेट प्रविधिको कारण बढिरहेको जोखिमलाई ध्यान दिएर वल्डलिङ्क कम्युनिकेसनको आयोजनमा बिर्तामोडका दुईवटा विद्यालयमा ‘अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार’ विषयमा सचेतनामुलक कार्यक्रम गरिएको छ ।

वल्डलिङ्क कम्युनिकेसन बिर्तामोड शाखाका सोमनाथ खतिवडाले दिएको जानकारी अनुसार हिजो सोमबार बाल्मिकी एजुकेशन फाउण्डेसन र कोहेड एजुकेसन फाउन्डेसनमा यस्तो कार्यक्रम गरिएको हो ।

ती दुई विद्यालयमा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरु सहभागी गराएर इन्टरनेटबाट हुने अपराध, अपराधबाट बच्ने उपाय र इन्टरनेटको सही सदुपयोग कसरी गर्ने भन्ने सचेतना प्रवाह गरिएको खतिवडाले बताए ।

उक्त विषयमा विद्यार्थीहरुले उत्साहपूर्वक सहभागिता जनाउँदै उनीहरुलाई लागेका जिज्ञासाका बारेमा प्रश्नहरु गरेका थिए ।

सम्बन्धित खबर