२०८१ पौष १७, बुधवार , १०:१७:३० बजे

Sajhamanch
'

मुख्य पर्वहरुको माझमा खुल्यो एजुकेशनल कन्सल्टेन्सी ब्रेनब्रिज

मङ्गलवार, कार्तिक २७, २०८१

काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सही परामर्श दिने उद्देश्यका साथ ब्रेनब्रिज एजुकेसन नामक शैक्षिक प्रतिष्ठान स्थापना गरी सेवा सुरु गरिएको छ ।

दशैं, तिहार तथा छठ पर्वहरुसहित आफ्नो सेवा सुरुवातको अवसर पारेर ब्रेनब्रिज एजुकेसनले विद्यार्थीहरुलाई भाषा शिक्षण कार्यक्रमहरु आइइएलटिएस, पिटिइ, स्याट लगायतमा विशेष छुट पनि ल्याएको विज्ञप्तिमार्फत जनाइएको छ ।
अमेरिका, बेलायत, अष्ट्रेलिया, फ्रान्सलगायतका विभिन्न देशमा उच्च शिक्षामा जान चाहने विद्यार्थीहरुका लागि सही परामर्श दिने उद्देश्यले ब्रेनब्रिज एजुकेसन स्थापना भएको र यसले सधैं यही उद्देश्य बोकेर हिंड्ने ब्रेनब्रिजका सञ्चालक अर्चना दवाडीले बताइन् ।

‘विश्वव्यापीकरणको यो समयमा विद्यार्थीहरुले आफ्नो करिअर सुन्दर बनाउन विश्वका जुनसुकै देशको शिक्षालाई प्राथमिकतामा राख्न सक्छन्,’ दवाडीले भनिन्, ‘त्यस्ता विद्यार्थीलाई सही मार्गदर्शन नै हाम्रो उद्देश्य हो ।’
पछिल्लो समय नेपालमा धेरैवटा शैक्षिक परामर्श कम्पनी खुले पनि कतिपयले विद्यार्थीलाई भ्रामक सूचना दिने गरेको आरोप लाग्न थालेको छ । ‘हामीले विश्वका विभिन्न देशमा जान चाहने विद्यार्थीलाई सही सूचना मात्र दिने प्रण गरेका छौँ,’ दवाडीले प्रष्ट पारेकी छन् ।

काठमाडौंको मध्यबानेश्वरमा रहेको ब्रेनब्रिज एजुकेसनले नेपाली शिक्षा क्षेत्र सुधारका लागि ब्रेनब्रिज छात्रवृत्ति कार्यक्रम पनि ल्याउने दवाडीले आश्वासन दिएकी छन् । ‘हामी नेपालका विभिन्न जिल्लामा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदैछौँ,’ उनले भनिन्, ‘यसको घोषणा केही समयमा हामी गर्नेछौँ । सो अहिलेसम्मका लागि नीजि क्षेत्रबाट प्रदान गरिने नेपालकै सबैभन्दा ठूलो छात्रवृत्ति हुनेछ ।’

सम्बन्धित खबर