२०८१ मंसिर १०, सोमवार , ०६:०८:५३ बजे

Sajhamanch
'

१९५ जना सडकआश्रित मानवहरुको उद्धार

शनिवार, कार्तिक २४, २०८१

काठमाडौँ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आज शनिबार काठमाडौंमा ६ जनाको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।

उद्धार यात्राका क्रममा शनिबार काठमाडौँ महानगरपालिका विभिन्न वडाबाट ४ जना, बुढानिलकण्ठ नगरपालिका–४ बाट १ जना र कागेश्वरी मनोहरा नगरपालिका– ६ बाट १ जना गरी ६ जना सडकआश्रित मानवहरु उद्धार गरिएको हो ।

शनिबार विभिन्न ठाउँबाट उद्धार गरिएका ५ जना पुरुष र १ जना महिलालाई मानवसेवा आश्रम रानीवन सेवाकेन्द्रमा संरक्षण गरी गृहप्रवेश गराइएको आयोजकले जनाएको छ ।

असोज २८ गते झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २७औँ दिन काठमाडौँमा पुगेको हो । मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हालसम्म १९५ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको बताएका छन् ।

उनका उनुसार उद्धार गरिएकामध्ये १५१ जना पुरुष र ४४ जना महिला रहेका छन् भने तीमध्ये ५ बालिका र ४ बालक पनि छन् ।

राष्ट्रिय उद्धार टोली शनिबार काठमाडौँमा सडकपेटी तथा सार्वजनिक स्थानमा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार सेवामा खटिएको हो ।

मेची–महाकाली राष्ट्रिय उद्धार टोली आइतबार पनि काठमाडौँ उपत्यकाको उद्धार तथा सेवामा खटिने जनाइएको छ ।

सम्बन्धित खबर