२०८१ पौष १२, शुक्रवार , ०२:३६:३७ बजे

Sajhamanch
'

मन्टेश्वरी शिक्षकलाई बिर्तामोडमा तालिम

शनिवार, कार्तिक २४, २०८१

बिर्तामोड । मन्टेश्वरी शिक्षकहरुका लागि क्षमता अभिबृद्धि सम्बन्धी दुई दिवसीय तालिम बिर्तामोडमा सम्पन्न गरिएको छ ।

बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरी स्कूलको आयोजनामा शुक्रबार सुरु भएको तालिम आज शनिबार सम्पन्न भएको हो ।

मन्टेश्वरी शिक्षिकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।

उनका अनुसार तालिममा बिर्तामोड र कनकाईका गरी पाँचवटा विद्यालयका शिक्षकाहरुको सहभागिता थियो ।

तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षकाहरुको सहभागीता थियो ।

उक्त तालिममा जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण गरेका थिए । तालिममा मन्टेश्वरी शिक्षण पद्धति तथा बालविकास क्रियाकलाप सम्बन्धी जानकारी गराएको थियो ।

समापम कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम उपलब्धिमुलक भएको बताएका छन् ।

सम्बन्धित खबर