
अस्ट्रेलियाले १६ वर्षसम्मका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ। अष्ट्रेलिया सरकारले यस वर्ष उमेर सीमा प्रविधिको परीक्षण सुरु गरेको छ।अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सामाजिक सञ्जालले बालबालिकालाई हानि पुर्याइरहेको र अब यसलाई रोक्ने समय आएको बताएका छन्।
‘यो विधेयक नोभेम्बर १२ बाट सुरु हुने संसदीय अधिवेशनमा पेश गरिने छ। यो उमेर सीमा ह् ९पहिलेको ट्विटर०, टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालमा १६ वर्ष मुनिका बालबालिकाको पहुँचबामट बाहिर राख्न सुनिश्चित हुनेछ’, उनले भने।
प्रतिपक्षले पनि यो कानुनलाई सैद्धान्तिक रूपमा समर्थन गरेको छ। विपक्षी सांसद पल फ्लेचरले प्लेटफर्ममा पहिले नै प्रविधि रहेको बताउँछन्, यसलाई कार्यान्वयन गर्न इच्छुकता र खर्च चाहिन्छ।
अष्ट्रेलिया सरकारले यस वर्ष उमेर सीमा प्रविधिको परीक्षण सुरु गरेको छ। यस परीक्षणको नतिजाको आधारमा, देशको ई(सुरक्षा आयुक्तले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई उनीहरूले यस नियमको पालना कसरी सुनिश्चित गर्न सक्छन् भन्ने बारे मार्गदर्शन प्रदान गर्नेछन्। सञ्चारमन्त्री मिशेल रोल्याण्डले यो कानूनलाई व्यवहारिक कार्यान्वयनका लागि एक वर्षको समय दिएको बताए।
अल्बानीज आफूले धेरै अभिभावकहरूसँग कुरा गरेको र उनीहरू बच्चाहरूको अनलाइन सुरक्षाको बारेमा चिन्तित रहेको बताएका छन्। यो कानूनको पालना सुनिश्चित गर्ने जिम्मेवारी अभिभावक वा बालबालिकाको नभएर सामाजिक सञ्जाल प्लेटफर्मको हुने उनले स्पष्ट गरे।
एजेन्सी