२०८१ मंसिर २७, बिहिवार , ०३:१०:३८ बजे

Sajhamanch
'

मन्दिरका अध्यक्षसहित शिवसताक्षीमा १८ जना जुवाडे (!) पक्राउ

शुक्रवार, कार्तिक २३, २०८१

शिवसताक्षी । जुवाजन्य तास खेलिरहेको अवस्थामा झापाको शिवसतााक्षीबाट नगदसहित १८ जना पक्राउ परेका छन् । शिवसताक्षी वडा नम्बर ११ ब्यांगडाडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेका १८ जना लाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको हो ।

प्रहरीका अनुसार तासको खालबाट ४ लाख ५४ हजार ५०० रुपैयाँ बरामद भएको छ । स्थानीय पत्रकार विनोद सापकोटाले इमेलमार्फत् पठाएको समाचार अनुसार पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, तास खेलाइरहेको घरका धनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बाँस्कोटा, वडा नम्बर ४ का शेवराज राजवंशी रहेका छन् ।

सो समूहमा तास खेलिरहेका वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह, वडा नम्बर ७ का मणि खड्का, सोही वडाका राजू दर्जी पक्राउ परेका जनाइएको छ । यस्तै वडा नम्बर ७ बस्ने सीताराम कार्की, खरीबहादुर श्रेष्ठ, वडा नम्बर ११ का राजेन्द्र बुबर, वडा नम्बर ४ का मनोज साहा, वडा नम्बर ९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का हरि राजवंशी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाको सूचना शाखाले जनाएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । आज शुक्रबार बिहानको राति साढे १ बजे उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो।

दमक प्रहरीले पक्राउ गरेपछि थप बल इलाका प्रहरी कार्यालय झिलझिलेबाट बोलाइएको प्रहरी स्रोतले बताएको छ। नजिकको प्रहरीलाई जानकारी नै नदिई दमक प्रहरीले तास खेलिरहेका १८ जनाको समूहलाई पक्राउ गर्नुलाई चाहिँ रहस्यमय भएको अनुमान गरिएको छ ।

सम्बन्धित खबर