२०८२ कार्तिक ३०, शनिवार , ०९:५२:३२ बजे

Sajhamanch
'

यी स्थानमा वर्षाको सम्भावना

शुक्रवार, कार्तिक १६, २०८१

काठमाण्डौ । देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार र आइतबार पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
शुक्रवार, कार्तिक २९, २०८२
आज देशभरको मौसम सफा रहने
बिहिवार, कार्तिक २८, २०८२
आज यस्तो रहनेछ मौसम
बुधवार, कार्तिक २७, २०८२