बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका विभागीय कर्मचारीहरुको असहयोगका कारण प्रमुख प्रशासकीय अधिकृतहरु बारम्बार फेरिइरहेको भनी सञ्चार माध्यमहरुमा आएको समाचारप्रति उनीहरुले असहमति जाहेर गरेका छन् ।
तिहारको विदा हुनुपूर्व आज बुधबार निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीसहित अन्य तीन दर्जन कर्मचारीहरुले सामुहिक हस्ताक्षर गरेर जारी गरिएको प्रेस विज्ञप्तिमा समाचारहरुमा आएजस्तो व्यवहार नभएको जिकिर गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकाका सबै शाखा प्रमुख र कर्मचारीहरुमा समाचारमा आएजस्तो तिक्ततापूर्ण व्यवहार नभएको र प्रक्रियागत आएका कुनै पनि योजना प्रभावित नभएको जानकारी गराउँदछौं ।’
हेर्नुहोस् विज्ञप्ति :