काठमाडौँ । साफ वुमेन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले चुमेको छ । नेपालविरुद्ध बंगलादेशले २–१ गोलको अन्तरले उपाधि हासिल गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको ८१औं मिनेटमा बंगलादशकी खेलाडीले अन्तिम गोल गर्दै गोल गर्दै टोलीलाई विजय दिलाएकी हुन् ।
यसअघि बंगलादेशका लागि मोनिका चक्काले ५३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै टिमलाई बराबरी स्थानमा पुर्याएकी थिइन् ।