२०८१ मंसिर ११, मङ्गलवार , ०५:१७:४७ बजे

Sajhamanch
'

सुनको भाउमा नयाँ कीर्तिमान :तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुग्यो

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाण्डौ । आज धनतेरसको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यो भाउ अहिलेसम्मकै उच्च हो । यसअघि अस्ति गएको आइतवार सुन तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । विशेषगरी तिहारको धनतेरसका दिन सुनचाँदीलगायत अन्य धातुको सामग्रीको किन्ने चलन छ ।

सम्बन्धित खबर