२०८१ पौष १०, बुधवार , ०२:०६:२० बजे

Sajhamanch
'

अहिलेको सरकारले भ्रष्टाचार सहँदैन : गृहमन्त्री लेखक

सोमवार, कार्तिक १२, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अहिलेको सरकारले कुनै पनि भ्रष्टाचार नसहने बताएका छन्।सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारणरनियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रष्ट रहेको र कार्यान्वयन गर्न भ्रष्टाचार पूर्ण रुपमा निर्मूल गर्न कानून र विधयेक प्रस्तुत गरेको बताए।

“प्रस्तुत विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुङ्गो लगाएर आगामी अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ”, गृहमन्त्री लेखकले भने‚ “यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानून बनाउनुपर्छ।”

विधेयकलाई आउँदो अधिवेशबाट पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुंगोमा पुर्‍याएर संघीय संसद्को अधिवेशनमा प्रस्तुत गर्न उनले आग्रह गरे।

“अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसामयिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन्”, उनले भने, “जुन सम्मानित समितिमा विचाराधीन छ।”गृहमन्त्री लेखकले भ्रष्टाचार न्यूनीकरण गरेर शून्य सहनशीलताको नीति अवलम्बन गरेर मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताए।