२०८१ कार्तिक १०, शनिवार , ०७:२३:४३ बजे

Sajhamanch
'

आजको मौसम

शनिवार, कार्तिक १०, २०८१

काठमाडौं । देशका पहाडी भू–भागका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशमा आज बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।विभागले दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को अंशको आंशिक प्रभाव समेत रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
बुधवार, कार्तिक ७, २०८१
यस्तो रहनेछ आजको मौसम
मङ्गलवार, कार्तिक ६, २०८१