२०८१ पौष १२, शुक्रवार , ०९:५६:४६ बजे

Sajhamanch
'

कर्णाली साकोसमा रिक्त उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी दर्ता

बिहिवार, कार्तिक ८, २०८१

बिर्तामोड । यहाँस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको पद उपााध्यक्ष र लेखा सुपरीवेक्षण समितिको सदस्यमा आज मनोनयन पत्र दर्ता भएको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको सूचना अनुसार १ जना उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ भने लेखा सुपरीवेक्षण समितिको सदस्य १ जनाको लागि एउटामात्र उम्मेदवारी परेको छ ।

लेखा सुपरीवेक्षण समितिको सदस्य पदमा हल्दिबारी ५ का पदमकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । तर संस्थाको उपाध्यक्ष पदमा गत वर्ष नै मनोनयन दर्ता गरेर सहमति नभएका तीनजना उम्मेदवारहरु गुञ्जन थापा, गणेशप्रसाद पराजुली र रामकुमार गौतमले पुनः मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्ष पदमा बिर्तामोड ५ का चेतनकुमार प्रसाई, हल्दिबारी ४ का धर्मप्रसाद काफ्ले र बाह्रदशी ५ का कमल बानियाँ गरी थप तीन जनाले मनोनयन दर्ता गरेका छन् ।

भोलि शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारका विरुद्ध दावी विरोधको सूचना दिने र अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने निर्वाचन कार्यक्रममा उल्लेख छ । सर्वसहमति हुन नसकेमा कात्तिक १२ गते मतदान गरी नेतृत्व चयन गरिने निर्वाचन कार्यक्रममा उल्लेख छ ।