२०८१ कार्तिक ८, बिहिवार , ११:१५:५५ बजे

Sajhamanch
'

नवोदय सहकारीको इकाइगत समाधारणसभा सम्पन्न, करिब ९० जनालाई सम्मान तथा पुरस्कार

बिहिवार, कार्तिक ८, २०८१

कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारणसभा अन्तरगत गत कात्तिक २ गतेदेखि सुरु भएको इकाइगत साधारण सभा बुधबार सम्पन्न भएको छ ।

झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय सहकारीले आफ्ना ११ वटा सेवाकेन्द्रका सदस्यहरुमाझ नै इकाइगत साधारण सभा गरेको हो ।

संस्थाले बुधबार मुख्य कार्यालय अन्तरगत केर्खामा अन्तिम इकाइगत साधारण सभा गरेको उपाध्यक्ष उमानाथ भण्डारीले जानकारी दिए । सो अवसरमा सञ्चारकर्मीसहित १५ वर्षभन्दा बढी संस्थामा सेवा गरेका कर्मचारीहरुलाई दीर्घसेवा सम्मान एवम् पुरस्कृत गरिएको थियो ।

सम्मानित हुनेमा हिमशिखर टेलिभिजनका सञ्चारकर्मी ममता भट्टराई र दीर्घसेवा सम्मानद्वारा संस्थाका व्यवस्थापक रबिन सुब्बा, सुरुङ्गा सेवा केन्द्रका प्रमुख गजेन्द्र शेर्मा र उर्लाबारी पाठशाला सेवा केन्द्रमा कार्यरत वरिष्ठ फिल्ड सहायक डुकुला गुरागाई रहेका छन् ।

सस्थाले इकाइगत साधारण सभाको अवसरमा ज्येष्ठ नागरिकहरु, उत्कृष्ट सेवा केन्द्र, उत्कृष्ट बचतकर्ता सदस्य, उत्कृष्ट ऋणी सदस्य लगायत विधा अन्तर्गत ९० जानाभन्दा बढी सदस्यलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।

संस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बलराज गजुरेलको अध्यक्षतामा सम्पन्न इकाइगत साधारण सभामा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, सहकारी विभाग प्रमुख भरत तिवारी, वडाध्यक्ष अग्निप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका व्यवस्थापक रबिन सुब्बाले सञ्चलान गरेको सो अन्तिम इकाइगत साधारणसभामा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष उमानाथ भण्डारीले शाब्दिक स्वागत गरेका थिए ।

साधारणसभाको अवसरमा संस्थाले नियमितरुपमा सञ्चालन गर्दै आएको कार्यक्रम अनुरुप रक्तसञ्चार सेवा दमक शाखाको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो ।

संस्थाको अन्तिम माइन्युट प्रमाणीकरण साधारण सभा आगामी कात्तिक १२ मुख्य कार्यालायमा गरिने तय भएको संस्थाका अनुगमन निरीक्षण विभागीय प्रमुख उमेशचन्द्र पोखरेलले बताए ।

सम्बन्धित खबर