२०८१ कार्तिक ७, बुधवार , ०३:५४:३१ बजे

Sajhamanch
'

सहकारी ठगी गर्ने ६०० जनाभन्दा बढीलाई कारबाही गरिएको छ : प्रधानमन्त्री ओली

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत ठगी गर्नेहरूलाई कारबाही सुरू गरिएको बताएका छन्।

सरकार गठन भएको १०० दिन पुगेका अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगीमा हालसम्म ६०० जनाभन्दा बढीलाई कारबाही गरिसकिएको बताएका हुन्।

‘हालसम्म ६०० जनाभन्दा धेरैलाई कानुनी कारबाही गरिएको छ, ५७५ जनाभन्दा बढी त जेलमै छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सहकारी ठगहरूलाई कारबाही गर्नमात्र होइन बचतकर्ताहरूको बचत फिर्ता गर्न आवश्यक ऐन तर्जुमा गरिएको छ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणको विषय एकछिन गरिने हल्ला र सुटिङजस्तो नरहेको पनि बताए। भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभई कानुनलाई गुरू मानेको पनि उनले बताए।

प्रधानमन्त्री ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने बताए।

‘भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरू सक्रिय रहेको हामीले देखिरहेका छौं,’ उनले भने।

सम्बन्धित खबर