२०८१ कार्तिक ७, बुधवार , ०३:२२:२८ बजे

Sajhamanch
'

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढ्यो

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको नाफा साढे २१ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक बर्षको पहिलो तीन महिनामा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

समग्रमा यो २१ दशमलव ६३ प्रतिशतले बढेको नाफा हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १२ वटाको नाफा बढेको छ । आठ वटाको नाफा घटेको छ ।

लक्ष्मी सनराइजको नाफा ४२० प्रतिशत भन्दा धेरैले बढेको छ । ग्लोबल आईएमई, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, कुमारी, सिद्धार्थ, एनएमबी, एभरेस्ट र नबिल बैंकको नाफा बढेको छ ।

कृषि विकास बैंकको नाफा झन्डै १३० प्रतिशतले घटेको छ । यस्तै सानिमा, हिमालय, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुको खुद ब्याज आम्दानी ६ प्रतिशतभन्दा धेरैले घटे पनि सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजन’ घट्दा बैंकहरूको नाफामा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले कोभिड–१९ पछि कसिलो बनाएको बैंक तथा वित्तीय संस्थाको नियामकीय नीति खुकुलो बनाउँदै लगेको छ ।

गएको साउनमा सार्वजनिक मौद्रिक नीतिमार्फत असल वर्गमा वर्गीकरण भएको कर्जामा एक दशमलव २ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा चालू आर्थिक वर्षबाट एक दशमलव एक प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ । यस्तै कर्जामा वर्गीकरण सम्बन्धी व्यवस्थामासमेत संशोधन गरेको थियो ।

सम्बन्धित खबर