
इलाम । इलामको रोङ गाउँपालिका–५ स्थित किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा रहेको छ ।
रोङ–५ चिसापानीमा नयाँ पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा पर्दै गएको हो । प्राकृतिक सन्दर्यता र किरात सभ्यताको झल्काउने यस पार्कले आन्तरिक र बाह्य पर्यटकलाइ आकर्षित गर्न थालेको हो ।
यहाँ किरात सभ्यताको इतिहास झल्काउने संरचना र हरियाली वातावरण छ । पार्कले धार्मिक र सांस्कृतिक पर्यटन प्रबद्र्धनमा योगदान पुग्ने अपेक्षा छ ।
पार्कमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना हुने गरेका छन् भने पर्यटकको सुविधाका लागि सेवा समेत विस्तार भइरहेका छन् ।
रोङमा किरातको बसोबास धेरै रहेकाले पार्क स्थापना गरिएको जनाइएको छ । थोरै लागतमा यो पार्कमा धेरै संरचना बनाइएको छ ।