२०८१ कार्तिक ७, बुधवार , १०:२४:१६ बजे

Sajhamanch
'

‘हङकङ क्रिकेट सिक्सेस’ का लागि सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । ‘हङकङ क्रिकेट सिक्सेस’ का लागि सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा जोरासँगै नारायण जोशी, प्रतिस जिसी, रशिद खान, लोकेश बम, विवेक यादव र दीपेन्द्र रावत छन् । नेपाली टोलीको प्रशिक्षकमा पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल छन् ।

हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगिता आउँदो नोभेम्बर १ देखि ३ सम्म हङकङमा हुनेछ । ‘हङकङ क्रिकेट सिक्सेस’ मा नेपाल समूह ‘बी’ मा छ ।

यो समूहमा अस्ट्रेलिया र इङ्गल्यान्ड पनि छन् । नेपालले पहिलो खेलमा नोभेम्बर १ मा इङ्गल्यान्ड र दोस्रो खेलमा नोभेम्बर २ मा अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतियोगितामा टेस्ट क्रिकेट खेल्ने ८ सहित १२ वटा टोली छन् । सहभागी टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ३ वटा टोली छन् । यो प्रतियोगिताको हरेक खेल ६/६ ओभरको हुनेछ र एक टिममा ६ जना खेलाडीले खेल्न पाउनेछन् ।

सम्बन्धित खबर