२०८१ कार्तिक ६, मङ्गलवार , ०३:५९:४० बजे

Sajhamanch
'

सुनसरी र मोरङबाट प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

मङ्गलवार, कार्तिक ६, २०८१

विराटनगर । सुनसरी र मोरङको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कात्तिक ५ गते दिउँसो सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चताराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर हतुवागढी-७ का २३ बर्षीय समुथल राई र १८ बर्षीय विश्वहाङलाई १०० मिलीग्राम खैरो हिरोईन सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजको प्रहरी टोलीले बर्जु गाउँपालिका-२ स्थितबाट २९ किलोग्राम ४५५ ग्राम गाँजा सहित धरान उप-महानगरपालिका-१७ का २९ बर्षीय सपन राईलाई नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी चौकी देउराली सुनसरीले धरान-४ का ३० बर्षीय महेश कुमार तामाङलाई ट्रामाडोल ४ सय चक्की र स्पारेट-४ सय चक्की सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय दुहबीले ईटहरी उप-महानगरपालिका-४ का ३८ बर्षीय हेमनारायण यादव र ईटहरी-३ का २९ बर्षीय विजय लिम्बुलाई लागू औषध SPASMO PROXYVON १२० चक्की र १६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१८ का १८ बर्षीय अभिषेक मण्डललाई ६ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर