२०८१ कार्तिक ६, मङ्गलवार , १२:४०:५८ बजे

Sajhamanch
'

केन विलियमसनले भारतसँगको दोस्रो टेस्ट पनि गुमाउने

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । न्युजिल्यान्डका ब्याटर केन विलियमसनले भारतसँगको दोस्रो टेस्ट क्रिकेट पनि गुमाउने भएका छन् । चोटका कारण विलियमसन दोस्रो टेस्टका लागि उपलब्ध नभएका क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकइन्फोले जनाएको छ ।

गएको महिनामा श्रीलङ्का भ्रमणका क्रममा विलियमसन घाइते भएका थिए । बेङ्गलुरुमा भएको भारतसँगको पहिलो टेस्टमा उनको ठाउँमा विल योङ्ग टोलीमा परेका थिए ।

न्युजिल्यान्डका प्रशिक्षक गेरी स्टिडले विलियमसनको अवस्थमा पूर्णरूपमा सुधार नभएको र तेस्रो टेस्टसम्म पूर्णरूपमा सुधार हुने विश्वास गरेको बताएका छन् ।

भारतसँगको तीन खेलको टेस्ट शृङ्खलामा न्युजिल्यान्ड १–० ले अघि छ । पहिलो टेस्टमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराएको थियो ।

भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट पर्सिदेखि पुनेमा शुरू हुँदैछ । शृङ्खलाको तेस्रो तथा अन्तिम टेस्ट नोभेम्बर १ मा मुम्बईमा शुरू हुनेछ ।

मङ्गलवार, कार्तिक ६, २०८१ | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर