२०८१ कार्तिक ५, सोमवार , ०७:५६:५९ बजे

Sajhamanch
'

आठौँ रोलिङ च्यालेन्ज कप : सम्राट स्पार्टिङ अन्तिम चारमा प्रवेश

सोमवार, कार्तिक ५, २०८१

मेचीनगर । छरितो र उत्कृष्ट खेल खेलेको मोरङको सम्राट स्पोर्टिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा पाहुना टोली भारतको सुकुना युनाइटेड एफसीमाथि सहज जित निकाल्दै सम्राट अन्तिम चारमा प्रवेश गरेको हो ।

सम्राटले पश्चिम बंगालको सुकुनालाई ५-२ गोल अन्तरले हराएको हो । खेलको छैटौँ र ३८औँ मिनेटमा सम्राट स्पोर्टिङका लागि उमेश कार्कीले गोल गरे ।

त्यस्तै, १२औँ मिनेटमा भुवन बस्नेतले एक गोल गरे भने खेलको अतिरिक्त समयमा दोर्जे तामाङ र अञ्जन ठकुरीले एक–एक गोल गरेका छन् ।

सुकुना युनाइटेडका लागि खेलको १३औँ मिनेटमा शौरभ विश्वास र ५२औँ मिनेटमा हेमराज भुजेलले एक–एक गोल फर्काए ।

खेलको प्लेयर अफ द म्याच सम्राट स्पोर्टिङका दुई गोलकर्ता उमेश कार्की भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई रोलिङ क्लबका पूर्वअध्यक्ष शंकर बस्नेत र खेलप्रेमी विष्णु बुढाथोकीले नगद तथा ट्रफी प्रदान गरे ।

भोलि मंगलबार हुने अन्तिम क्वार्टर फाइनल खेल विराटनगरस्थित नेपाल प्रहरीको टिम र रेड हर्स एफसी इलामबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

सम्बन्धित खबर