२०८१ कार्तिक ५, सोमवार , ०४:२४:३९ बजे

Sajhamanch
'

शेयर बजार परिसूचक नेप्से झन्डै ५८ अङ्कले घट्यो

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । आज पनि शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । हप्ताको पहिलो कारोवार दिन हिजो ४७ अङ्कभन्दा धेरैले घटेको नेप्से आज ५७ दशमलव ९९ अङ्कले घटेर २ हजार ६३९ दशमलव ९२ अङ्कमा झरेको छ ।

आज सबै समूहको शेयर मूल्य घटेर बजार राताम्मे हुँदा फाइनान्स, बैंक, जलविद्युत्, लगानी, जीवनबीमा र अन्य समूहको शेयर मूल्य उच्च अङ्कले घट्यो । आज नादी ग्रुप पावरको शेयर आठ प्रतिशतभन्दा धेरै घटेको छ ।

समग्रमा बजार घटे पनि आज विन नेपाल लघुवित्त र कर्पोरेट विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो । बजारसँगै आज कारोबार रकम पनि घटेको छ ।

हिजो आठ अर्ब १८ करोड रुपैयाँभन्दा धेरै मूल्य बराबरको शेयर कारोबार भएकोमा आज ३१९ कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर पाँच अर्ब ९० करोड रुपैयाँमा कारोबार भयो ।

सम्बन्धित खबर