२०८१ कार्तिक ५, सोमवार , १२:३६:५१ बजे

Sajhamanch
'

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा हिजो भएका खेलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

मोलिनक्स स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डेरर्स (वुल्भ्स) लाई २–१ गोलले हरायो । यो जीतसँगै सिटी ८ खेलमा २० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । वुल्भ्स ८ खेलमा १ अङ्कसहित पुछारमा छ ।

यस्तै एनफिल्ड स्टेडियममा भएको खेलमा लिभरपुलले चेल्सीलाई २–१ गोलले हरायो । यो जीतसँगै लिभरपुल ८ खेलमा २१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । चेल्सी ८ खेलमा १४ अङ्कसहित छैटौं स्थानमा छ ।

सम्बन्धित खबर