२०८१ कार्तिक ५, सोमवार , १०:२६:५२ बजे

Sajhamanch
'

नेदरल्यान्ड्सका अलराउन्डर बास डे लीडले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । नेदरल्यान्ड्सका अलराउन्डर बास डे लीडले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

नेदरल्यान्ड्सका अलराउन्डर लीडलाई टोलीमा अनुबन्ध गरेको पोखरा एभेन्जर्सले जनाएको छ । उनले नेदरल्यान्ड्का लागि ३८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ अर्धशतकसहित ६९७ रन बनाउनुका साथै ३३ विकेट लिएका छन् ।

बास डे लीडलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए ।

एनपीएलका लागि पोखराले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि अमेरिकाका आन्द्रेस गौस पोखरामा अनुबन्ध भएका थिए । नेपाली राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेका छन् ।

नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

सम्बन्धित खबर