२०८१ कार्तिक ५, सोमवार , १०:२६:४५ बजे

Sajhamanch
'

साफ महिला च्याम्पियनशिपमा साविक विजेता बङ्गलादेश र पाकिस्तानबीच बराबरी

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा साविक विजेता बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा सकिएको छ ।

हिजो बेलुका त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको समूह ‘ए’ को खेलमा बङ्गलादेश र पाकिस्तानले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

पाकिस्तानका लागि खेलको ३२ औं मिनेटमा जाहमेना मालिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा बङ्गलादेशका लागि सम्सुनाहर जुनियरले गोल गरिन् ।

समूह ‘ए’ मा भारत १ खेलमा ३ अङ्कसहित शीर्ष स्थानमा छ । बङ्गलादेश १ खेलमा १ अङ्कसहित दोस्रो र पाकिस्तान २ खेलमा १ अङ्कसहित पुछारमा छ ।

सम्बन्धित खबर