२०८१ कार्तिक ५, सोमवार , १०:०३:२४ बजे

Sajhamanch
'

एनएमसीका कर्मचारीहरुलाई उद्घोषण तालिम

सोमवार, कार्तिक ५, २०८१

मोरङ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत मोरङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई उद्घोषण तालिम प्रदान गरिएको छ ।

एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा मोरङको बेलबारीमा कार्तिक ३ गते शनिबार तालिम कार्यक्रम गरिएको हो ।

उपसमितिका संयोजक कविता पौड्यालको अध्यक्षतामा आयोजित तालिम कार्यक्रमको औचित्य माथि संयोजक पौड्यालले नै प्रकाश पारेकी थिइन् ।

मोरङ्ग क्षेत्रका सेवाकेन्द्र प्रमुख तथा कर्मचारीहरु गरी २५ जनाले सहभागिता जनाएको सो तालिममा संस्थाका वरिष्ठ उपाध्यक्ष भगवति घिमिरे मैनालीले सहजीकरण गरेकी थिइन् । आफ्नो सहजीकरणका क्रममा उनले उद्घोषण तयारीका चरणहरु, उद्घोषकमा हुनुपर्ने गुणहरु एवम् प्रस्तुतिकरण सीपका विषयमा प्रकाश पारेकी थिइन् ।

यसैगरी संस्थाको शिक्षा तथा तालिम उपसमितिका सदस्य अर्जुनप्रसाद थपलियाले सहभागीहरुलाई उत्प्रेरणामुलक सहजीकरण गरेका थिए ।

तालिममा सहभागीहरुलाई आयोजक उपसमितिका सदस्य कविता प्रसाईंले शाब्दिक स्वागत गरेकी सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले जानकारी दिए ।