२०८१ पौष २६, शुक्रवार , १०:१६:५८ बजे

Sajhamanch
'

पाकिस्तानले दोस्रो टेस्टमा इङ्गल्यान्डलाई १५२ रनले हरायो

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । इङ्गल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तान १५२ रनले विजयी भएको छ । पाकिस्तानले घरेलु मैदानमा ११ टेस्ट खेलपछि पहिलो जीत हासिल गरेको हो ।

पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्ड चौथो दिनको खाना समयअघि १४४ रनमै अलआउट भयो । दोस्रो पारीमा इङ्गल्यान्डका कप्तान बेन स्टोक्सले सबैभन्दा धेरै ३७ रन बनाए ।

पाकिस्तानका नोमान अलीले ८ विकेट लिए । दोस्रो पारीमा पाकिस्तानले सलमान अघाको अर्धशतकको मद्दतमा २२१ रन बनाए । इङ्गल्यान्डका शोएब बशिरले ४ विकेट लिए ।

घरेलु मैदान मुल्तानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा कमरन गुलामको शतक र सइम अयुबको अर्धशतकको मद्दतमा ३६६ रन बनाएको थियो ।

इङ्गल्यान्डका ज्याक लिचले ४ विकेट लिए । यस्तै इङ्गल्यान्डले पहिलो पारीमा बेन डकेटको शतकको मद्दतमा २९१ रन बनाएको थियो । पाकिस्तानका सजिद खानले ७ विकेट लिए ।

दोस्रो टेस्ट पाकिस्तानले जितेसँगै तीन खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो टेस्ट इङ्गल्यान्डले एक पारी र ४७ रनले जितेको थियो । पाकिस्तान र इङ्गल्यान्डबीचको अन्तिम टेस्ट आउँदो बिहीवारदेखि रावलपिन्डीमा शुरू हुनेछ ।

शुक्रवार, कार्तिक २, २०८१ | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर