काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको दोश्रो सेमिफाइनल खेलमा आज न्युजिल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पानै ८ बजे शारजाहमा शुरु हुनेछ ।
न्युजिल्यान्ड समूह ‘ए’ बाट शीर्ष स्थानमा र वेस्ट इन्डिज समूह ‘बी’ बाट दोश्रो हुँदै सेमिफाइनलमा पुगेको हो । महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएको पहिलो सेमिफाइनल खेलमा छ पटकको विश्व विजेता अष्ट्रेलियालाई आठ विकेटले हराएर दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।
अब अक्षिण अफ्रिकाले आज हुने न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको विजयी टोलीसँग फाइनलमा खेल्नेछ । फाइनल खेल पर्सि आइतवार हुनेछ ।