२०८१ पौष ८, सोमवार , ०९:१४:५४ बजे

Sajhamanch
'

सुमो गाडीको पछाडि झुन्डिएका बालकको झरेर मृत्यु

शुक्रवार, कार्तिक २, २०८१

झापा । खोटाङमा सुमो गाडीको पछाडि झुन्डिएका बालकको झरेर मृत्यु भएको छ । गएराति साढे ८ बजे दिक्तेल – खानीडाँडा सडक खण्डमा ना १ ज ५७४३ नम्बरको सुमोको पछाडि झुन्डिएका खाल्डे बस्ने दीपक बस्नेतका ८ वर्षीय छोरा हेमन्त बस्नेतको झरेर मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर अचेत अवस्थाका ती बालकलाई सोही सुमोमा हालेर जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि काठमाडौँ पठाइएको थियो । काठमाडौँ लैजाने क्रममा राति ११ बजे बाटैमा मृत्यु भएको हो ।

मृतक बालकको शव जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको र चालक गोविन्द कटुवाल र गाडी जिल्ला प्रहरी कार्यालय खोटाङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

शुक्रवार, कार्तिक २, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर