२०८१ असोज ३०, बुधवार , १२:४७:२३ बजे

Sajhamanch
'

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको दोस्रो दिन आज ६ जनाको उद्धार

मङ्गलवार, असोज २९, २०८१

विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा आज मंगलबार ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।

‘दशैं तिहारजस्ता मुख्य चाडपर्वमा कसैले सडकपेटीमा बस्न नपरोस् भन्ने मूल भावनाका साथ ३२ दिनसम्म सञ्चालन हुने गरी शिजोबाट उद्धारयात्रा सुरु गरिएको हो ।

आज मंगलबार उद्धार यात्राका क्रममा उद्धार टोली झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरुको उद्धार तथा सेवामा खटिएको मानवसेवा आश्रमले जनाएको छ ।

मंगलबार ६ जना सहयोगापेक्षी मानवहरुको उद्वार भएको छ । जसमध्ये झापाको दमक नगरपालिकाबाट २ जना, मोरङको बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जना र विराटनगर महानगरपालिका १५, रामजानकी मार्गबाट १ जनाको उद्धार गरिएको हो । यात्राको पहिलो दिन सोमबार झापाका विभिन्न स्थानबाट १० जना सडकआश्रित मानवहरुको उद्धार गरिएको थियो

उद्धार गरिएका सडकआश्रित मानवहरुको मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा आज नै गृहप्रवेश गराइएको छ । साथै भोलि बुधबार सुनसरी जिल्लाको धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरुको उद्धार सेवा गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर