२०८२ माघ ६ मङ्गलवार , १०:२१:४७ बजे

Sajhamanch
'

यी स्थानमा आज वर्षाको सम्भावना

आइतवार, असोज २७, २०८१

काठमाडौं । पश्चिमी वायुको प्रभाव लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम बदली रहनेछ।दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। तीनवटै प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आज देशभरको मौसम
मङ्गलवार, माघ ६, २०८२
यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२