२०८१ असोज ३०, बुधवार , ०१:१७:२५ बजे

Sajhamanch
'

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल निर्माणाधिन योजनाहरुको स्थलगत अवलोकनमा

शुक्रवार, असोज २५, २०८१

कमल । वर्तमान सरकारप्रति जनताले ठूलो अपेक्षा राखेको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन् । विशेष परिस्थितिले अहिले दुई ठूला दलहरु मिलेर सरकार गठन भएकोले पनि जनताले सरकारप्रति ठूलो अपेक्षा राख्नु स्वभाविक भएको मन्त्री दाहालको जिकिर थियो ।

झापाको कमल गाउँपालिका अन्तर्गत मंगलबारे–शिवगंज सडकमा पर्ने गेउरिया खोलाको पूल निर्माणको स्थलगत अवलोकन तथा कमल गाउँपालिकाका भौतिक पूर्वाधारका विविध योजनाहरको अवलोकन पछि नेकपा एमाले कमल गाउँकमिटीद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री दाहालले सो कुरा बताएका हुन् ।

विकास निर्माणलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेकोले कुन काम कुन सरकारले गर्ने हो त्यो तीनै तहका सरकार बीच छलफल गर्नुपर्ने आवश्यक भएको आफूले महसुस गरेको मन्त्री दाहालको भनाई छ । आगामी दिनमा स्थानीय सरकारले कुनै पनि योजना माग गर्दा प्राथमिकतामा राखेर योजना माग गर्नसमेत उनको सुझाव थियो ।

मन्त्री दाहालले कमल गाउँपालिकामा पर्ने केराधापस्थित ढ्याँग्री खोलाको पूल, समायगढस्थित मदन आश्रित भवन, लखनपुर र तोपगाछी क्षेत्रका खानेपानी आयोजना र शहीद धर्मभक्त माध्यमिक विद्यालयको अवलोन गरेका थिए ।