२०८१ मंसिर १२, बुधवार , ०१:५२:०७ बजे

Sajhamanch
'

आजको मौसम

शुक्रवार, असोज २५, २०८१

काठमाडौं । देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।हाल कोसी र मधेस प्रदेशको अधिकांश भू–भाग तथा वाग्मती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव छ । बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव छ ।

सम्बन्धित खबर

आजको मौसम
मङ्गलवार, मंसिर ११, २०८१
आजको मौसम
सोमवार, मंसिर १०, २०८१
आजको मौसम
आइतवार, मंसिर ९, २०८१