२०८१ कार्तिक २०, मङ्गलवार , ०९:५७:५१ बजे

Sajhamanch
'

कान्ति लोकपथ आजदेखि सञ्चालनमा

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । बाढी पहिरोले ठप्प रहेको कान्ति लोकपथ आजदेखि सञ्चालनमा आएको छ । बाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माण गरेपछि आजदेखि गाडी सञ्चालनमा आएको हो ।

१० दिनदेखि बन्द रहेको सडक आज बिहानदेखि खुले पनि दिउँसोदेखि मात्र व्यवस्थित रूपमा गाडी गुड्न थाल्ने कान्ति लोकपथ आयोजनाका इन्जिनियरले बताएका छन् ।

नेपाली सेना चार दिनदेखि त्यहाँको पुलको पहुँचमार्ग र क्षतिग्रस्त पुनर्निर्माण गर्न खटिएको थियो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले कान्ति लोकपथ र बाग्मती पुल क्षतिग्रस्त बनाएको थियो ।

कान्ति लोकपथ सञ्चालन आएसँगै हेटौँडा र काठमाडौंलाई जोड्ने सबै सडक सञ्चालनमा आएका छन् । हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीका हेटौँडा–फाखेल–काठमाडौं, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाडौं सडक यसअघि नै सञ्चालनमा आएका छन् ।

मङ्गलवार, असोज २२, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर