२०८२ कार्तिक २९, शुक्रवार , ११:४२:५९ बजे

Sajhamanch
'

आजको मौसम

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । देशका केही भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
शुक्रवार, कार्तिक २९, २०८२
आज देशभरको मौसम सफा रहने
बिहिवार, कार्तिक २८, २०८२
आज यस्तो रहनेछ मौसम
बुधवार, कार्तिक २७, २०८२