२०८१ असोज ३०, बुधवार , ०६:०५:४३ बजे

Sajhamanch
'

राष्ट्रपतिसमक्ष मुस्लिम र थारू आयोगको वार्षिक प्रतिवेदन पेस

सोमवार, असोज २१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम र थारू आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै समारोहमा मुस्लिम र थारू आयोगका अध्यक्षहरूले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी आ–आफ्नो आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले जानकारी दिए ।

सम्बन्धित खबर