मोरङ । मोरङको बेलबारी-११ मा स्थित सशस्त्र प्रहरी बेश क्याम्पको अगाडि रहेको जंगलमा एक व्यक्तिको शव भेटिएको छ।
प्रहरीका अनुसार, शव अन्दाजी ४० वर्ष उमेरको व्यक्तिको हुनसक्ने आशंका गरिएको छ र यसको पहिचान खुलिसकेको छैन। तथापि, शव बेलबारी ८ रैझारका व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ।
शवलाई पोस्टमार्टमका लागि धरानको बीपी कोइराला प्रतिष्ठानमा पठाइएको छ।