२०८२ जेठ ८, बुधवार , १२:०२:०६ बजे

Sajhamanch
'

आज विश्व बसोबास दिवस मनाइँदै

सोमवार, असोज २१, २०८१

काठमाडौं । दिगो शहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न शुरू गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमवार संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट) को आह्वानमा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा भने सन् २००१ देखि सरकारी एवम् गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन शुरू गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

यस वर्ष ‘कर्मशील युवा : समुन्नत शहर’नाराका साथ विश्व बसोबास दिवस मनाइँदैछ । यस वर्षको नाराले समुन्नत शहर निर्माणमा कर्मशील युवा वर्गलाई जागरुक बनाउने उदेश्य लिएको छ ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालका नगरपालिकाको जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत रहेको छ । समग्र अर्थतन्त्रमा यस क्षेत्रको योगदान ७६ दशमलव एक प्रतिशत रहेको विभागले जनाएको छ ।