२०८१ पौष ५, शुक्रवार , ०३:१८:४८ बजे

Sajhamanch
'

बिर्तामोडमा अग्रसेन जयन्ती : मारवाडी समुदायका १७ जना उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार, असोज १९, २०८१

बिर्तामोड । अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजाको ५१४८औं जयन्तीका अवसरमा बिर्तामोडमा १७ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ ।

अग्रसेन भवन बिर्तामोड र नेपाल अग्रवाल महिला मञ्च बिर्तामोडको संयुक्त आयोजनामा शनिबार साँझ अग्रसेन भवनमा भएको कार्यक्रममा मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च र मारवाडी युवती मञ्च बिर्तामोडको सहयोग रहेको जनाइएको छ ।

कार्यक्रममा २०८० को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने मारवाडी समुदायका विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा महेक अग्रवाल, मुस्कान अग्रवाल, मेहेर अग्रवाल, आकांक्षा गोयल, अनिक सिंघल, कुशल डालमिया, आयुष अग्रवाल, पुलकित अग्रवाल, दर्शिल अग्रवाल, लावन्या सरावगी, दिपांशु अग्रवाल, झलक वंशल अग्रवाल, मयंक अग्रवाल, युभिका गोयल, दिपककुमार गर्ग, क्षितिजकुमार मित्तल र कुनाल गट्टानी हुन् ।

अग्रसेन भवन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षता तथा नेपाल अग्रवाल सभा विराटनगरका पूर्व अध्यक्ष देवेन्द्रकुमार राजगडियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो कार्यक्रममा अग्रसेन भवनका पूर्व अध्यक्ष दिनेशकुमार मित्तल, नगर विकास समिति बिर्तामोडका पूर्व अध्यक्ष सज्जनकुमार वंशल, मारवाडी सेवा समितिका अध्यक्ष मोहनकुमार मित्तल, धुलाबारी अग्रवाल सभाका अध्यक्ष पुनित वंशललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अग्रसेन भवनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेशकुमार अग्रवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्रकुमार अग्रवालले गरेका थिए ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो । अग्रसेन जयन्तीका अवसरमा शनिबार बिहान बिर्तामोडको एक वृद्धाश्रमका आश्रितहरुलाई भोजन गराइएको अध्यक्ष भद्रपुरेले बताए ।

सम्बन्धित खबर