२०८१ पौष १८, बिहिवार , ११:३४:३० बजे

Sajhamanch
'

शिवसताक्षीमा यस्तो पनि भेटियो : किराना पसलबाट औषधी र पेट्रोलसम्म बिक्री !

शुक्रवार, असोज १८, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आज शुक्रबार पनि बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा आज वडा नं. ८ रत्नचोकको एक किराना पसलबाट औषधीसमेत बिक्री गरेको पाइए पछि अनुगमनकर्ताले जफत गरेको नगरपालिकाले जनाएको छ ।

स्थानीय जानुका किराना पसलमा अरसिल ११ बोतल, मेट्राजोन, पेन्ट्राप्राजोल २३ पत्ता निम्स, सिट्रिजन १० पत्ता औषधीहरु बिक्री गर्न राखेको अवस्थामा अनुगमन टोलीले फेला पारेको हो । अनुगमन टोलीले सोही पसलबाट ४१ बोतल पेट्रोलसमेत फेला पारेर जफत गरेको नगरपालिकाले जनाएको छ ।

पसलमा बालबालिकाले खाने कुरमुरे लगायत मिठाइहरु समेत म्याद गुुज्रिएको अवस्थामा फेला पारेको छ । फेला परेका सबै सामाग्री शिवसताक्षी नगरपालिकाकाकोे अनुमगन टोलीले जफत गरेको हो ।

त्यस्तै पाथीभरा किराना पसल, पौडेल किराना पसल, शिवसताक्षी ७ को गिरी किराना पसल, श्रेष्ठ स्टोर लगायतमा म्याद गुज्रिएको खाद्य सामाग्री फेला परेको जनाइएको छ ।

अनुगमनका क्रममा अधिकांश पसलहरुमा मूल्य सूची नराखिएको, खानेकुरामा अखाद्य रंग मिसाइएको, पेय पदार्थमा खुद्रा मुल्य उल्लेख नगरिएको पाइएको छ । यस प्रकारका पसलहरुलाई भोलिदेखि नै सुधार गर्न निर्देशन गरेको जनाइएको छ ।

नगरपालिकाले बजारको अवस्था हेरेर जुनसुकै बेला पनि बजार अनुगमन गर्न सक्ने नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले बजारमा उपभोक्तालाई ठगी गर्ने प्रकारका कुनै पनि कार्य गरेको भेटिए प्रमाणसहित नगरपालिकालाई खबर गर्न पनि आग्रह गरेकी छिन् ।

शिवसताक्षी नगरपालिकाको अगुवाइमा भएको अनुगमनमा शिवगञ्ज प्रहरी, नगर प्रहरी, नगरका कर्मचारी, सञ्चारकर्मी, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहने गरेको छ ।

सम्बन्धित खबर