२०८१ मंसिर १२, बुधवार , ०७:५६:५५ बजे

Sajhamanch
'

आजको मौसम

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

सम्बन्धित खबर

आजको मौसम
बुधवार, मंसिर १२, २०८१
आजको मौसम
मङ्गलवार, मंसिर ११, २०८१
आजको मौसम
सोमवार, मंसिर १०, २०८१