काठमाडौं । सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले एक विज्ञप्ति जारी गर्दै दशैंको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने जानकारी दिएको हो ।
घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुनेछ । ती दिनमा सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च प्रशासनले जनाएको छ ।